काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हिजो यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो ।
उद्घाटन खेल भोलि (मार्च २८) मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ । दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना हुनेछन् ।
यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो ।
प्रारम्भिक चरणमा २० खेलहरू विभिन्न १० वटा मैदानमा खेलाइनेछन् । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेलहरू आयोजना गरिनेछन् । यी खेलहरू भारतका १२ विभिन्न शहरमा हुनेछन् जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।
दिउँसो हुने खेलहरु नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछन् ।






प्रतिक्रिया