२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मध्यपूर्व युद्ध : अहिलेसम्म २८ जना नेपाली घाइते



काठमाण्डाै ।

इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण मध्यपूर्वमा अहिलेसम्म २८ जना नेपाली घाइते भएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई), इराक र ओमानमा गरेर २८ जना घाइते भएका र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेका आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

मार्च २ तारिखमा इजरायली ड्रोन आक्रमणमा परी यूएईमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको थियो ।

यस्तै मन्त्रालयले मध्यपूर्वका देशमा रहेका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेका जनाएको छ । स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले हवाई उडान व्यवस्था मिलाएको प्रवक्ता क्षत्रीले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०८२ शुक्रबार ००:००  ६ : ५० बजे