१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

वैशाख शुक्ल पूर्णिमा: आज बुद्ध जयन्ती मनाइँदै



काठमाण्डौ ।

आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । 

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, भन्ने जस्ता अनेकौँ सन्देशका वाहक गौतम बुद्धको जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका ठाउँमा विविध कार्यक्रम आयोजना गरिएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । 

उहाँ दरबार छोडी ध्यान/तपस्यामा लाग्नुभएको थियो ।     

प्रकाशित मिति : १८ बैशाख २०८३ शुक्रबार ००:००  ८ : २८ बजे