१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

बर्दियामा हाइसको ठक्करबाट एक बालिकाको मृत्यु



गुलरिया(बर्दिया) । बर्दियामा हाइस गाडीको ठक्करबाट आठ वर्षिय बालिकाको मृत्यु भएको छ ।

गुलरिया नेपालगञ्ज हुलाकी राजमार्ग सडक खण्डको लालपुर भन्ने स्थानमा हाइसले ठक्कर दिँदा सोही ठाउँकी नाजिया साँईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुलरिया देखि नेपागञ्ज तर्फ जाँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । घटना पछि प्रहरीले हाइस र हाइस चालक अर्जुनप्रसाद आदवलाई नियन्त्रणमा लिएको छ । 

स्थानीयकाअनुसार हाइस गुलरिया देखि नेपालगञ्जतर्फ तिव्र गतिमा गुडिरहेको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०८३ शनिबार ००:००  ७ : ३२ बजे