काठमाण्डौ ।
भारतको मौसम विभागले यो वर्ष औषत मितिभन्दा ६ दिन अघि मनसुन प्रवेश गर्ने अनुमान गरेको छ । विभागले विज्ञप्ती निकालेर यस वर्षको दक्षिण–पश्चिम मनसुन मे २६ तारिखमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो ।
केरलामा मनसुन प्रवेश गर्ने औषत मिति जुन १ तारिख रहेकोले ६ दिन अघि मनसुन प्रवेश हुने सम्भावना देखिएको हो । विभागले मे २६ को चार दिन अघि वा चार दिन पछिका कुनै पनि दिन मनसुन भित्रने बताएको छ । केरलामा जुन १ तारिखमा मनसुन भित्रदा नेपालमा आइएपुग्ने मिति जुन १३ दिन हो ।
केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसुन फैलन्छ । यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमाने महाशाखाले जनाएको छ । तर केरलापछि पनि मनसुनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकोले अहिले प्रष्ट भन्न सक्ने अवस्था हुँदैन । गएको वर्ष नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि अर्थात् मे २९ तारिखमै प्रवेश गरेको थियो ।







प्रतिक्रिया