४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

भदाै २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग



काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले आयोगका सदस्य लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न कसले किन रोक्यो सदनले जानकारी पाउनुपर्ने बताए ।

उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले बनाएको आयोगको प्रतिवेदन अपूरो रहेको भन्दै पूरा गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३ सोमबार ००:००  १२ : २२ बजे