८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ब्रेभ गोर्खा बुटवललाई भलिबल प्रतियोगिताको उपाधि



विष्णु खत्री, सैनामैना ।
तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्यौगिक व्यापार मेलामा भएको खुल्ला भलिबल प्रतियोगितामा बे्रभ गोर्खा युथ क्लव बुटवलले उपाधि चुमेको छ । उपाधि संगै ब्रेभ गोर्खा बुटवलले नगद ६० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उपाधिका लागि बिहिवार ब्रेभ गोर्खा युथ क्लव बुटवल र गुल्मी भलिबल संघ बिच भएको प्रतिस्पर्धात्मक खेलमा बुटवलले ३ – १ को सेटमा उपाधि चुमेको हो । निकै रोमाञ्चक रुपमा प्रतिस्पर्धा भएको खेलमा गुल्मी भलिबल संघले भने उपविजेतामै चित्त बुझाउँदै नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाण प्राप्त ग¥यो ।
यस्तै लायन्स क्लव अफ सैनामैना मलमलाले तेस्रो स्थान हासिल गरेको छ । बिहिवार तेस्रो स्थानका लागि लायन्स क्लव अफ सैनामैना मलमला र मणिमुकुन्द तिलोत्तमा बिच प्रतिस्पर्धा हुने भनिए पनि मणिमुकुन्द उपस्थित नभएका कारण सैनामैना मलमलाले निर्विरोध रुपमा तेस्रो स्थान हासिल गर्न सफल भएको मेलाका खेलकुद संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो । मलमलाले नगद २० हजार संगै शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ ।
खेलमा बेस्ट डिफेन्स,बेस्ट सेटर क्रमश -भलिबल संघ गुल्मीका डोल बहादुर थापा,बादल हमाल,बेस्ट सर्भर,बेस्ट स्पाईकर क्रमश – ब्रेभ गोखा युथ क्लव बुटवलका कमल सुनार,सन्जु विक्रम हमालले नगद १ ÷ १ हजार प्राप्त गरेका छन् ।
यसैगरी खेलमा बेस्ट प्लेयर गुल्मीका लक्ष्मण राना भए । उनले नगद १ हजार प्राप्त गरे । खेलमा १२ टिमको सहभागिता रहेको रहेको थियो ।

५२ जना किसान पुरस्कृत

सैनामैनामा चलिरहेको व्यापार मेलामा बिहिवार कृषिका स्टलहरुका किसानहरुलाई पुरस्कृत गरिएको छ । कृषि स्टलका ५२ जना किसानलाई प्रोत्साहन स्वरुप नगद र प्रमाण पत्रले पुरस्कृत गरिएको कृषि तथा पशुपन्छी प्रविधि संयोजक शिव भुसालले जानकारी दिनुभयो ।
महोत्सवमा कृषिमा खाध्यन्न बाली,च्याउ,मसाला,फलफुल,तरकारी बाली लगायतका स्टलहरु रहेका छन् ।

प्रभात स्कुललाई नृत्य प्रतियोगिताको उपाधि

देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित सँगै सामाजिक एकता भन्ने मुल नाराका साथ संचालन भईरहेको सैनामैना नगरस्तरीय विद्यालय नृत्य प्रतियोगिताको उपाधि प्रभात ईङ्लिस बोर्डिङ स्कुल मुर्गियाले जितेको छ । जित संगै प्रभातले नगद ३० हजार सहित प्रमाण प्राप्त गरेको छ ।
सिद्धार्थ मेमोरियल ईङ्लिस बोडिङ स्कुलले द्धितीय स्थान हासिल गर्दै नगद २० हजार सहित प्रमाण पत्र प्राप्त ग¥यो । यसैगरी बुद्ध ईङ्लिस स्कुल देवपार तृतिय हुँदै नगद १० हजार हात पा¥यो भने लिटिल बर्ड ईङ्लिस स्कुल सान्तव्ना हुन सफल भएको अतिरिक्त क्रियाकलाप संयोजक देबिदत सुबेदीले जानकारी दिनुभयो । सान्तव्ना सँगै उसले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको सुबदीको भनाई छ ।
बिहिवार सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक पूर्णकला बि.सी, गायक भरत क्षेत्री, राजकुमार रायमाझी, गायिका सपना गाहा, गायक रामप्रसाद पौडेल लगायत स्थानिय कलाकारहरुले दर्शकलाई गीत मार्फत छमछमी नचाएका थिए ।
शुक्रबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो । विहिवार मम्मी डान्सको फाईनल प्रतिस्पर्धा समेत हुनेछ ।
महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७५ मा बुधबार ६ जना प्रतिस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् ।
वडा स्तरीय दोहोरी गीत प्रतियोगितामा बिहिवार वडा नं २ विजयी भएको छ । बिहिवार वडा नं २ र वडा नं ४ का बिच भएको दोहोरी गीत प्रतियोगितामा विजयी भए सँगै वडा नं २ फाईनलमा पुगेको छ । पराजय सँगै वडा नं ४ तेस्रो स्थान हासिल गर्न सफल भएको छ । दोहोरी गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धा शुक्रबार हुनेछ ।
कार्तिक ८ गतेदेखि सुरु भएको सैनामैना औद्योगिक व्यापार मेला पर्रोहा मा.वि. को अगाडि रहेको खेल मैदानमा जारी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ०४ बजे