डिलाराम भुसाल, कपिलवस्तु ।
वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका–७, खारखानीस्थित दिल पार्कमा वृहत वृक्षारोपण कार्यक्रम आज मंगल बार सम्पन्न भएको छ । अभियानअन्तर्गत पार्क परिसरमा फलफूल तथा विभिन्न प्रजातिका गरी सयभन्दा बढी बिरुवा र फूलका विरुवाहरु रोपिएको बताएको छ ।
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका चार्टर प्रेसिडेन्ट रोटेरियन धर्मराज भट्टराईको जन्मदिनको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको बतटाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष रोटेरियन कृष्णप्रसाद भट्टराईले वातावरणमा आएको ह्रासलाई न्यूनीकरण गर्न वृक्षारोपण अति आवश्यक रहेको बताएका छन् ।
भट्टराईले भने हामीले रोपेका यी बिरुवाहरूले वातावरणलाई स्वच्छ बनाउनुका साथै आगामी पुस्ताका लागि पनि स्वस्थ वातावरण निर्माण गर्न ठूलो योगदान र्पुयाउनेछन्। सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने उनले बताए ।
त्यस्तै, जन्मदिनको अवसरमा सामाजिक कार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै चार्टर प्रेसिडेन्ट रोटेरियन धर्मराज भट्टराईले आफ्नो व्यक्तिगत खुसीलाई प्रकृति र समाजसँग जोड्न वृक्षारोपण रोजेको बताएका छन् ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा फलफूल र बिरुवा रोपेर वातावरण जोगाउने सन्देश दिनु धेरै अर्थपूर्ण हुने र यसले समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक सोचको विकास गन उनले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रोटेरियन गोपाल खनाल, पूर्व अध्यक्ष रोटेरियन माधव भाट क्षेत्री, पूर्व अध्यक्ष रोटेरियन ज्ञानहरी न्यौपाने लगायत क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको बताएको छ । सहभागीहरूले यस्ता अभियानले भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान र्पुयाउने विश्वास व्यक्त गरेको बताएको छ ।







प्रतिक्रिया