कपिलवस्तु ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारासञ्चालितूतौलेश्वरनाथ एसी डिलक्स बस सेवा तथा श्री गणेश चार्जिङ स्टेशनू को औपचारिक उद्घाटन गरिएको छ ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित आनन्दबागमा आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पान्डेयले बस सेवा र चार्जिङ स्टेशनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पान्डेयले विद्युतीय सवारी साधनको प्रवद्र्धन र सुविधा सम्पन्न यातायात सेवाले कपिलवस्तु सहित यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधुनिक यातायात सेवाले सर्वसाधारणको यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने बताउनुभयो ।
पश्चिम नेपाल बस व्यवसायी प्रा।लि।का अनुसार यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ एसी डिलक्स बस सेवा सञ्चालनमा ल्याइएको हो। कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार बस दैनिक बिहान ८ः१५ बजे तौलिहवाबाट काठमाडौँका लागि प्रस्थान गर्नेछ भने काठमाडौँबाट बिहान १०ः०० बजे तौलिहवाका लागि छुट्नेछ ।
तौलेश्वरनाथ एसी डिलक्स बस सेवा तथा श्री गणेश चार्जिङ स्टेशनका संचालक रंजीत बर्माले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै यात्रुहरूलाई सर्वसुलभ, सुरक्षित र सुविधासम्पन्न सेवा प्रदान गर्ने उद्देश्यले एसी डिलक्स बस सेवा र चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको बताउनु भयो ।
उद्घाटन समारोहमा पश्चिम नेपाल बस व्यवसायी प्रा।लि।का प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
२० श्रावण २०८३ बुधबार ००:००
0
Shares







प्रतिक्रिया