१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध



काठमाडौं ।
बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८३ आइतबार ००:००  ८ : ४७ बजे