१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब ४ करोड



काठमाडौं ।
भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिए ।

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताए ।

‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८३ शनिबार ००:००  ८ : ५० बजे