१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

आर्सनलको जितमा साकाको निर्णायक गोल



काठमाडौं ।
साविक विजेता आर्सनले इंग्लिस प्रिमियर लिगमा सोमबार एस्टन भिल्लाविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ ।

भिल्ला पार्कमा पाहुना टोली आर्सनललाई जित दिलाउन बुकायो साकाले ५९औँ मिनेटमा गोल गरेका थिए । उनले रिकार्डो कालाफियोरीको पासलाई सदुपयोग गरेका थिए ।

खेलमा बलियो पक्कड जमाएको आर्सनलको सातमध्ये दुई प्रहार टार्गेटमा थियो । यता, एस्टन भिल्लाको सातमध्ये एउटा पनि प्रहार टार्गेटमा रहन सकेन ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । दुवै खेल गुमाएको एस्टन भिल्लाले विना अंक जोड्न सकेको छैन । एस्टन भिल्ला पुछारमा छ ।

प्रकाशित मिति : १६ भदौ २०८३ मंगलबार ००:००  ९ : ४२ बजे