१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

केनको दुई गोलमा बायर्नको जित



काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले दोस्रो डिभिजनको ओस्नाब्रुकलाई ४–१ ले हराउँदै बिहीबार जर्मन कपको दोस्रो चरणमा स्थान बनाएको छ। बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे।

जर्मनीका स्टार जमाल मुसियाला बायर्नको टोलीमा थिएनन्। न्युरोलोजिकल समस्याका कारण प्रि–सिजनका दुई खेलमा मैदानमै ढलेपछि उनी त्यसयता

ओस्नाब्रुकका रोबिन माइसनरले खेलको सुरुआतमै उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसको केही समयपछि केनले गोल गर्दै खेल बराबरीमा ल्याए। २४औं मिनेटमा टम बिस्कोफले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए।

७३औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। त्यसपछि केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको ४–१ को जित सुनिश्चित गरे।

प्रकाशित मिति : १८ भदौ २०८३ बिहिबार ००:००  ६ : ५२ बजे