८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु



लहान ।

सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वामा शुक्रबार साँझ मसला पिस्ने मिलमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।  चोहर्वास्थित आफ्नै घरमा रहेको मिलमा मसला पिस्ने क्रममा करेन्ट लागेर मिल सञ्चालक ४५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो।

ग्राहकले ल्याएको मसला पिस्दै गर्दा अचानक बिजुलीको तार सट हुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार मृतक महतोको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ६ : १४ बजे