६ असार २०८३, शनिबार | Sat Jun 20 2026

झापामा आठ लाखको पटका बरामद



झापा ।
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट भित्र्याइएको ठूलो परिणामको पटका प्रहरीले बरामद गरेको छ। भारतको बिहार र बंगाल राज्यसँग जोडिएका नाकाबाट नेपाल भित्र्याइएको करिब साच लाख ९४ हजार ५४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए। झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज नाकाबाट प्रहरीले पटका बरामद गरेको हो। प्रहरीले विभिन्न प्रकारका १० देखि पाँच हजार मूल्य बराबरको पटका बरामद गरेको थियो। नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि तस्करीको माध्यमबाट नेपाल भित्र्याएको प्रहरी उपरीक्षक ढकालले बताए। पटका भित्र्याउने तस्करहरु भागेकाले पक्राउ पर्ने नसकेको उनको भनाइ छ।

प्रकाशित मिति : २० कार्तिक २०७५ मंगलबार ००:००  ६ : ५७ बजे