७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रदेश ५ का कांग्रेस जिल्ला सभापतिको बैठक सकियो, यस्तो छ निर्णय !



बुटवल ।
प्रदेश नम्वर ५ का नेपाली कांग्रेस जिल्ला सभापतिको २ दिने बैठक प्युठानको स्वर्गद्धारीमा सकिएको छ । प्युठान सभापति अमर भण्डारीको अध्यक्षतामा बसेको बैठकले ६ बुदे महत्वपूर्ण निणर्य गरेको छ ।
बैठकले वर्तमान सरकार गठन भएको ९ महिनामा महंगी बढेको, कर बढेको र असुरक्षा बढेको ठहर गर्दै महंगी नियन्त्रण गर्न, बढाएको कर फिर्ता लिन र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसंग माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश सभाको बैठकमा शसक्त र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने निणर्य गर्दै प्रदेश सरकारलाई प्रदेशको स्थायी राजधानि र नामाकरण तय गर्न माग गरेको छ ।
त्यसैगरी प्रदेशका सबै जिल्लामा संगठन र गाउ केन्द्रित अभियान सञ्चालन गर्ने र पार्टीको आसन्न महासमिति बैठकमा हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले निर्देश गरेका बिषयलाई बिधानमा समेटने गरी प्रस्तुत हुने निणर्य गरेको छ । यसअघि जेठ ६ र ७ गते लुम्विनीमा प्रदेश ५ का जिल्ला सभापतिहरुको पहिलो बैठक बसेको थियो ।
बैठकमा कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्य, बर्दिया सभापति सञ्जय गौतम, पाल्पा सभापति बीर बहादुर राना,नवलपरासी सभापति अर्जन कुमार पोखरेल, गुल्मि सभापति भुवन श्रेष्ठ, अर्धाखाची सभापति बिष्णु खनाल मुस्कान, दागं सभापति कृति बहादुर खडका, बाके सभापति किरण कोइराला, रोल्पा सभापति अमर सिंह पुन सहभागि हुनुहुन्थ्यो ।
रुपन्देही सभापति अब्दुल रज्जाक र पुर्व रुकुम सभापति केशरमान रोका भने बैठकमा सहभागी हुन सक्नु भएन । रुपन्देही सभापति रज्जाक अस्वस्थ्यका कारण अस्पतालमा भर्ना हुनुहुन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  १ : ४० बजे