८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विवेकशील साझाको कपिलवस्तु सम्पर्क कार्यालय जितपुरमा, शनिबार १ बजे उद्घाटन हुँदै



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
विवेकशिल साझा दलको शनिबार कपिलवस्तुमा सम्पर्क कार्यालयको उद्घाटन हुँदै छ । रविन्द्र मिश्र संयोजक रहेको सो पार्टीले बाणगंगाा ४ नम्बरमा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्न लागेको हो ।
पछिल्लो समय देशव्यापी रुपमा पार्टी विस्तारमा लागेको विवेकशील साझाले कपिलवस्तुमा पनि शाखा विस्तार गर्न लागेको अभियान्ता संस्थापक सदस्य तथा अभियान्ता कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा चर्चित पत्रकार तथा पार्टीका संस्थापक सदस्य सुदन ज्ञवाली,गणेश पन्थी, विष्णु प्रसाद मिश्र,गोपाल घिमिरे र अर्जुन गिरी लगायत उपस्थित रहने पराजुलीले जानकारी दिनु भयो । जितपुरको न्यू सिद्धार्थ पेट्रोल पम्पको अगाटी पट्टी रहेको सम्पर्क कार्यालयको उद्घाटन दिउँसो १ बजे हुने छ । पार्टीसंग आस्था राख्ने सबैलाई समयमा कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरिएको छ ।
पछिल्लो समय नेकपा सरकारले पनि जनताको चाहाना अनुसार काम गर्न नसकेको भन्दै अबको आशा विवेकशील साझा नै भएको पार्टीले जनाएको छ ।

अब छिटै देशभरी नै व्यापक रुपमा पार्टी विस्तार गरी अबका चुनावमा विवेकशीललाई पहिलो शक्ति बनाउने अभियान स्वरुप पार्टीले संगठन विस्तार लगायतका कार्यक्रम अगाडी सारेको विवेकशीलका संयोजक रविन्द्र मिश्रले रेडियो मायादेवीलाई जानकारी दिनु् भयो ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  १ : २८ बजे