२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

हराएको १३ पछि एक युवतीको शब फेला



पर्वत ।
पर्वतमा हराएको १३ पछि एक युवतीको शब फेला परेको छ । १३ दिन देखी हराइरहेकी बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको हो। मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो। सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए। मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ। गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ मा अध्ययन गर्ने उनी बाबुसँंग पैसा माग्दा नपाएर रिसाएर निस्केकी थिइन्। उनले कालीगण्डकी नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ४० बजे