८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्यालको आक्रमणबाट ६ जना घाइते 



सल्यान ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट ६ जना घाइते भएका छन्। स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन्।यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन्।

बेलुका घरबाहिर निस्केका बेला एक्कासी बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताउनुभयो।यसअघि नजिकैको जंगलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिनुभयो।स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनबन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ।आक्रमण गर्ने स्यालको खोजी भइरहेको सल्लीबजार ईलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ४७ बजे