२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

नक्कली सुन सक्कली भनेर बेच्ने दुई पक्राउ



काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ।
परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एकरएक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिए।

पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दैै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेका प्रवक्ता बोगटीले बताए।
पक्राउ परेको दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७५ मंगलबार ००:००  ४ : ०४ बजे