७ असार २०८३, आइतबार | Sun Jun 21 2026

खैरो हेरोइन र गाँजासहित ५ जना पक्राउ



काठमाडौं ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले लागुऔषध खैरो हेरोइन र गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। टोलीले कैलालीको लम्की चुहा नगरपालिका– ११ घर भएका २४ वर्षीय सुरेन्द्र शाहलाई खैरो हेरोइन ९ ग्रामसहित काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो।
त्यसैगरी आरए २३९ को उडानमार्फत कतारको राजधानी दोहा जान लागेका मोरङ ग्रामथान गाउँपालिका–७ बनिगाउँ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारुको सुटकेसबाट एक किलो गाँजा प्रहरीले बरामद गरेको थियो।

उक्त गाँजा कतार पठाउने कार्यमा संलग्न सुनसरी इटहरी नगरपालिका–४ मनकामना टोल बस्ने ३३ वर्षीय विजय भन्ने हेम नारायण यादव, सोही ठाउँका ४२ वर्षीय प्रेम निरौला र सोही नगरपालिका–३ देवस्थान बस्ने ३१ वर्षीय सविन खनाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुमाथि लागुऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  ८ : ४७ बजे