८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ओलीले डाके अकस्मात् सचिवालय वैठक, नेता भन्छन्–’स्थायी समिति वैठक भाँड्ने षडयन्त्र हुन सक्छ’



चन्द्रकान्त न्यौपाने ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अकस्मात् सचिवालय वैठक बोलाउनु भएको छ । आज १ बजे पार्टीको स्थायी समिति वैठक बस्ने जनाए पनि ओलीले अकस्मात् २ घण्टाअघि सचिवालय वैठक डाक्नु भएको एक नेताले बताएका छन् ।
केही वरिष्ठ नेताहरुले भने स्थायी समितिको दुई घन्टाअघि सचिवालय बैठक तय हुनुलाई स्थायी समिति वैठक भाँड्ने रणनीतिको रुपमा लिएका छन् । एक सदस्यले रेडियो मायादेवीलाई भने–“यो अस्वाभाविक छ । स्थायी बैठकमा छलफल गर्न हतारमा प्रस्ताव तयार गर्ने भन्दै सचिवालय सदस्यलाई बालुवाटार आमन्त्रित गरिएको छ।जुन आवश्यक थिएन ‘यो स्थायी समिति बैठक रोक्ने षड्यन्त्र पनि हुनसक्छ।

गत मंसिर २२ गते बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तोकिएको समयभन्दा आधा घन्टा ढिलासम्म पनि नआएपछि चार नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेका थिए।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  २ : ३१ बजे