८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन



काठमाण्डौँ ।

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो ।पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ।

९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

२०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए।

यसअघि उनी नेपाली कांग्रेसको सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।

प्रकाशित मिति : ३ पुस २०७५ मंगलबार ००:००  ३ : ०५ बजे