७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मलेसियाविरुद्ध नेपालको शानदार जित



काठमाडौं ।
थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। आज भएको आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि सर्वा्धिक रन रोमा थापाले अविजित २० रन बनाइन, त्यस्तै सिता रानामगरले १६ रनको योगदान गरिन।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो। मलेसियाका लागि सर्वा्धिक १२ रन सियो तिजिनले बनाउँदा युर्स्रिना याकुबले ११ रनको योगदान गरिन। ती बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। मलेसियाको इनिङलाई सस्तैमा समेटन सरिता राना मगर एक्लैले ४ विकेट लिईन्।
त्यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले समान एक एक विकेट लिए। थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ७ : ५७ बजे