८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रहरीको कुटाइले दुई जना घाइते



बागलुङ ।
प्रहरीको कुटपिटबाट गलकोट नगरपालिकामा दुईजना घाइते भएका छन्। हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट वडा नंं.६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका हुन्। गम्भीर घाइते बस्नेतको उपचार पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको श्रीमती कृष्णकुमारीले जानकारी दिइन्।
आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो। खत्रीको अवस्था सामान्य छ। ‘घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ’, घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले भनिन्। कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताए।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ९ : २१ बजे