२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

रुसी दुई लडाकु विमान एक आपसमा ठोक्कीय



सिन्ह्वा ।

रुसी हवाई बलको दुई लडाकु विमान एक आपसमा ठक्कर खाएका छन्। प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाउने क्रममा दुर्घटनामा परेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन्। स्थानीय समय अनुसार बिहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।

ठक्कर खाएका विमानहरु गोला बारुदबिना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ६ : १७ बजे