८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या



कैलाली ।
जानकी गाउँपालिका(७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन् ।इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेका थिए। इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए।
उपचारका लागि उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  ५ : ५७ बजे