८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

शिशु हत्याका दोषी १० वर्षपछि पक्राउ



रुकुम ।
शिशु हत्याको अभियोगमा अदालतबाट दोषी ठहरिएका एक व्यक्ति दश वर्षपछि पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–७ मग्माका ४२ वर्षीय डम्बर खत्रीलाई आइतबार स्थानीय मग्मा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
०६६ असोज २३ गते रूकुम जिल्ला अदालतबाट शिशु हत्याको दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजाय तोकिएको थियो । घटनापछि खत्री फरार रहेको र अहिले घर आएको थाहा पाएपछि गिरफ्तार गरेको प्रहरीले बताएको छ ।
त्यही ठाउँकी ३४ वर्षीया घिउकुमारी परियारसँगको अवैध सम्बन्धबाट ०६५ साल जेठ २३ गते जन्मिएको बच्चालाई त्यही दिन हत्या गरेको भन्दै दुबैजना विरूद्ध उजुरी परेपछि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि अदालतले ०६६ असोज ६ गते दुबैजनालाई २० वर्ष कैद सजाय सुनाएकोमा घिउकुमारीलाई रूकुम कारागारमा चलान गरिए पनि डम्बर भने फरार रहेका थिए ।

गिरफ्तारीमा परेका डम्बरलाई अदालतमा पेश गरेर कारागार पठाइने जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  ६ : १७ बजे