९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विराटनगरमा स्कुल भेन पल्टिँदा ६ जना घाइते



विराटनगर ।
विराटनगर–१५ मा रहेको श्रीराम बोर्डिङ स्कुलको म्याजिक भेन बिहीबार बिहान पल्टिँदा त्यसमा सवार ६ जना विद्यार्थी घाइते भएका छन्। ६ जनामध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते सबै विद्यार्थीको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बिहान ९स्५५ बजे बस दुर्घटना भएको उक्त स्कुलका अभिभावक विकास थापाले जानकारी दिए।
ठेकेदारले बाटो बनाउने क्रममा थुपारिएको माटोमा भेनको चक्का चिप्लिएको र दुर्घटना भएको उनको भनाइ छ। दुर्घटनामा परी घाइते हुने विद्यार्थीहरुमा विराटनगर १७ का ७ वर्षीय कुनाल साह, ८ वर्षीय कृष्ण राजवंशी, ६ वर्षीय आयुष यादव, ११ वर्षीय व्यूटी साह, १५ वर्षीय मझार अन्सारी र १० वर्षीय दिलनवाज अन्सारी रहेका छन्। स्थानीयले भने सडक निर्माणका क्रममा जथाभावि खनिएको र माटो थुपार्ने, खाल्डो पार्ने छोड्ने गरेको हुँदा दुर्घटना भएको भन्दै नगरपालिका विरुद्ध आक्रोश पोखेका छन्। उक्त भेनमा दर्जनबढी विद्यार्थी सवार थिए।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  ८ : ३३ बजे