६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

राजनीतिमा प्रवेश गरेकी प्रियंका गान्धीको चर्चा, गोरखपुरमा लाग्यो पोस्टर



एजेन्सी ।
आधिकारिक रुपमा भारतीय कांग्रेसको राजनीतिमा प्रवेश गरेकी प्रियंका गान्धीको चुनावी क्षेत्रलाई लिएर चर्चा बढेको छ । भारतका अलग अलग क्षेत्रबाट प्रियंकालाई चुनाव लडाउने माग भइरहेको छ।
कांग्रेस कार्यकर्ताहरुले वाराणसी वा गोरखपुरमा प्रियंकालाई उमेद्वार बनाउन अपील गरिरहेका छन् । प्रियंकालाई उमेद्वार मनाउन माग गरिएका दुईवटा पोस्टर गोरखपुरमा लगाइएका छन् । त्यस मध्येको एउटा पोस्टरमा प्रियंका गान्धीलाई झाँसी कि रानी का रुपमा देखाइएको छ।
अर्को पोस्टरमा राधुल गान्धीलाई सन्देश पठाइएको छ।
पहिलो पोस्टरमा स्थानीय कार्यकर्ताहरुले प्रियंका गान्धीलाई आगामी लोकसभाको चुनावमा गोरखपुरबाट कांग्रेसको उमेद्वार बनाउन माग गरेका छन् । पोस्टरमा लेखिएको छ, ‘गोरखपुर की यही पूकार, प्रियंका गान्धी सांसद इस बार’।
दोस्रो पोस्टरमा प्रियंका गान्धीलाई झाँसी कि रानीका रुपमा सेतो घोडामा सवार भएको देखाइएको छ । पोस्टरमा प्रियंका गान्धीको साथमा राहुल गान्धी र सोनिया गान्धीको तस्बिर पनि उल्लेख छ । राहुलको तस्बिरमा हुनेवाला प्रधानमन्त्री लेखिएको छ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ४ : ३२ बजे