७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

निर्मलाको भेजाइनल स्वाबसँग मिल्यो आमा दुर्गादेवीको डिएनए



काठमाडौं ।
निर्मला पन्तको योनिबाट निकालिएको भेजिनल स्बाबसँग निर्मलाकी आमा दुर्गादेवी पन्तको डिएनए मेला खाएको छ। कंचनपुरका प्रहरीका नायव उपरीक्षक डिसएपी मेघबहादुर खत्रीका अनुसार निर्मलाको योनिबाट निकालिएको स्वाबसँग आमा दुर्गादेवीको डिएनए मेल खाएको हो। निर्मलाको योनिबाट निकालिएको स्वाबमाथि शंका गर्दै दुर्गादेवी पन्तले त्यसको पुष्टिका लागि पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी थिइन्। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। हत्या अभियोगमा पक्राउ परेका दुई दर्जनभन्दा बढीको डिएनए परीक्षण गर्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। आइतबार मात्र निर्मलाको योनिबाट निकालेको स्वाबमा प्राविधिक कमजोरी देखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ६ : ४१ बजे