६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

खेलाइरहेको भरुवा बन्दुक पड्किँदा बालिका घाइते



डडेल्धुरा ।
भरुवा बन्दुक पड्किँदा डडेल्धुरामा बालिका घाइते भएकी छिन्। नवदुर्गा गाउँपालिका–५ ताकका कृष्ण बिककी १० वर्षीया छोरी आरतीकुमारी भरुवा बन्दुक खेलाउँदा पड्किएपछि घाइते भएकी हुन्। उनका दाई कुलदिपले भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा गोली लागेर आरती घाइते भएको बताए। उनको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएको डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ८ : १४ बजे