२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गगन थापा भन्छन्ः सभापति बन्न तयार छु



गोरखा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आगामी महाधिवेशनमा सभापति नै उठ्न आफू तयार रहेको बताएका छन् । आइतबार प्रेस युनियन गोरखाले गरेको पत्रकार सम्मेलनमा नेता थापाले पार्टी युवाहरूले हाँक्ने बेला आएको र युवाहरू सक्षम पनि भइसकेको भन्दै यस्तो बताएका हुन्। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने ‘पाका पुस्ताका नेताहरूले विश्राम गरी अब नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ।
उहाँहरूको योगदानको सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘कथाले मागे आगामी महाधिवेशनमा सभापति बन्न तयार छु।’ उनले कार्यकर्ताले जिम्मेवारी दिए आफू लिन तयार रहेको बताए। ‘पार्टीले के भन्छ, कार्यकर्ता के चाहन्छन् म उहाँहरूको चाहनाअनुसार नै अघि बढ्छु’ थापाले भने।

प्रकाशित मिति : २७ माघ २०७५ आइतबार ००:००  ७ : ४३ बजे