२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

पत्रकार महासंघको साधारणसभा पोखरामा हुँदै



काठमाडौं ।
नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु हुँदै छ । साधारणसभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे पोखरा सभागृहमा उद्घाटन हुने कार्यक्रम छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राजनितिक दलका प्रतिनिधि, पत्रकार संगठनका प्रमुख लगाएतको सहभागिता रहनेछ । उद्घाटनअघि झाँकी सहितर्को यालीले पोखरा नगर परिक्रमा गर्ने महासंघले जनाएको छ ।
साधारणसभामा महासंघले विभिन्न पत्रकारहरुलाई पत्रकारिता पुरस्कार पनि प्रदान गर्ने जनाएको छ। यस्तै विधान संशोधनसँगै श्रमजीवी पत्रकारको हकअधिकारका लागि सशक्त रुपमा लाग्ने, स्वरोजगार मिडियाको संरक्षणका लागि राज्यले नीति ल्याउनुपर्ने, प्रेस स्वतन्त्रताविरोधी कानुनको विरोध र प्रेस स्वतन्त्रताको मापदण्डको परिभाषालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ७ : २८ बजे