१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

वसन्तपुरको ग्यास स्टोरमा आगलागी, तीन घर जले



काठमाडौं ।
राजधानीको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ग्यास पड्किने क्रम जारी छ। अहिलेसम्म ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्। ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्।

आगो नियन्त्रणको प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आइनसकेको अन्नपूर्णकर्मी सुनिता डंगोलले जानकारी दिइन्। स्टोरमा धेरै ग्यास सिलिण्डर रहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन। घटनाको बाँकी विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  ९ : ४४ बजे