२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अपहरणमा परेकी प्रदेश सांसद मल्ल सम्पर्कमा



बझाङ ।

अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका(५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।

फोन सम्पर्क नभएकोले अपहरणबारे विस्तृतमा जानकारी आइनसकेको डीएसपी धितालले बताए। सांसद मल्ललाई एक्लै भएको अवस्थामा प्रहरीले भेट्टाएको हो।

नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ११ : २४ बजे