९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

धुर्मुस – सुन्तली रंगशाला निर्माण अभियानका लागि पारस र ज्ञानेन्द्र भिड्ने



काठमाडौं ।
चितवनमा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला बनाउन काम गर्दै आएको धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता अन्तर्गत चैत २३ मा राष्ट्रिय टोली कप्तान कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वका दुई टोलीबीच खेल हुनेछ। मंगलबार पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो।
दोस्रो खेल हास्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले कप्तानी गर्ने दुई फरक टोलीबीच हुनेछ। चितवनमा सुविधा सम्पन्न अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण लागि सहयोग जुटाउन आयोजना गरिने यो प्रतियोगितालाई मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको नाम दिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली तथा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल उपस्थित थिए। कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पनि सहभागिता थियो।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ८ : ३७ बजे