काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोर्होयाएका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने पनि स्पष्ट पारे।
आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बम, बारुद बोकेर आतंक फैल्याइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै सञ्चार माध्यमहरूप्रति पनि आक्रोश व्यक्त गरे।
मन्त्री बाँस्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्या्दित पत्रकारिता गर्न पनि सबै सञ्चार माध्यमलाई सचेत गराए।
मन्त्री बाँस्कोटाले संचार माध्यमहरूले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैल्याउने गतिविधिलाई प्राथमिकता दिन नहुने पनि स्पष्ट पारे।
१० चैत्र २०७५ आइतबार ००:००
0
Shares






प्रतिक्रिया