११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

नेपाल र जापानबीच आज श्रम समझदारीमा हस्ताक्षर हुँदै



काठमाडौँ ।

नेपाल र जापानबीच आज (सोमबार) श्रम समझदारीमा हस्ताक्षर हुँदै छ । आगामी अप्रिलबाट कार्यन्वयन हुने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुने भएको हो।

श्रम समझदारीमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र नेपालस्थित जापानी राजदूतले हस्ताक्षर गर्ने छन्। जापानसँग पाँच वर्षका लागि श्रम समझदारी हुन लागेको हो।

सोमबार श्रम समझदारी भए पनि श्रम समझदारीले नेपाली कामदार जापान जाने सबै प्रक्रिया भने प्रस्ट हुने छैन। कामदार आपूर्तिका धेरै विषय दुई देशको संयुक्त कार्यदलले टुंग्याउने गरी समझदारी हुने श्रम मन्त्रालय श्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  २ : ३८ बजे