८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मुस्ताङिहरूलाई फेरि अर्को आपत, सुख्खा पहिरोका कारण बस्ती नै जोखिममा



पोखरा ।
लामो हिमपातले पशुधनमा क्षती व्यहोरेका मुस्ताङिहरूलाई फेरि अर्को आपत आइपरेको छ। जिल्लाको घरपजोङ गाउँपालिका–१ टिबेटियन क्याम्प नजिकै सोमबार रातिबाट सुख्खा पहिरो खस्न थालेको छ। पहिरोले छैरो गाउँ, टिबिटेन क्याम र चिमाङ गाउँ आउजाउ गर्ने मुख्य बाटो पुरै खसेको मुस्ताङका सञ्चारकर्मी सुशीलबाबु थकालीले थाहा खबरलाई जानकारी दिए। ‘अहिले पुरै बस्ती जोखिममा छ, ५० भन्दा धेरै रहेको बस्तीमा ८ घर उच्च जोखिममा छन्,’ उनले भने, ‘रातीबाट खसेको पहिरोले स्वास्थ्य चौकी, सार्वजनिक शौचालय, गाई गोठबगाएको छ।’ बर्खायाममा कालीगण्डकीले पनि उक्त बस्ती छेउको जमिन कटान गरेको थियो। ‘बर्खायाममा कालिगण्डकीले गरेको कटान गरेको थियो,’ थकालीले भने, ‘अहिले त्यसको असर देखियो । अझ ठुलो दुर्घटना हुने देखिन्छ।’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीको सक्रियतामा जोखिममा रहेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। पहिरोको उच्च जोखिममा रहेका आठ घरका स्थानीयहरु राति नै भागेर छिमेकीकोमा पुगेका छन्।
फोटो ः सुशीलबाबु थकाली

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ६ : ३८ बजे