६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कांग्रेस नेता सिटौलाको स्वास्थ्य सुधार



काठमाडौं ।
बिरामी भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला स्वास्थ्यमा सुधार आएको छ। केही दिनदेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत नेता सिटौलाको स्वास्थ्यमा सुधार आएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ। आन्द्रामा रक्तश्रावका कारण शरीरमा रक्तअल्पता देखिएपछि उनलाई गत शुक्रबारदेखि आइसियुमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा डा। अर्जुन कार्की, राजु पंगेनी, भूपेन्द्र बस्नेत, सबिन कोइरालालगायतको टिम संलग्न छन्। सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आइसियूमा भर्ना गरेर उपचार गर्नु परेको चिकित्सकहरुले जनाएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ७ : २० बजे