८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चितवनमा एकै परिवारका तीनजना मृत फेला



भरतपुर ।
चितवनमा एउटै परिवारका तीन जना मृत फेला परेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी मृत फेला परेका हुन्। घरभित्र एकै स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एकै स्थानमा तीन जना मृत फेला परेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७५ शुक्रबार ००:००  ५ : ५२ बजे