७ असार २०८३, आइतबार | Mon Jun 22 2026

हेमा मालिनीको फोटो हाम्रो मिहिनेतमाथिको मजाकः किसान



एजेन्सी ।

बलिउड अभिनेत्री हेमा मालिनी यतिबेला लोकसभा निर्वाचनको चुनावी अभियानमा व्यस्त छिन्।
उनी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीकी सांसद समेत हुन्। उत्तर प्रदेश माथुराकी सांसद उनी यसपटक समेत चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्।

उनले लगातार दुई पटक माथुराकालागि सांसदको टिकट पाएकी हुन्।
केहीदिन अगाडि चुनवी अभियानको क्रममा उनी किसानहरुको घर, खेत पुगेकी थिइन्। उनले किसानहरुसँग गएर गहुँ काटेको, ट्राक्टर चलाएको फोटोहरु पोस्ट गरिन्।
यतिबेला त्यही फोटोहरु उनको आलोचनाको मुख्य विषय बनेका छन्। किसानहरु उनीसँग रुष्ट बनेका छन्।
किसान राजेन्द्री देवी हेमा मालिनीको फोटो किसानहरुमाथिको मजाक भएको बताउँछिन्। उनका अनुसार गहँकाट्ने काम निकै अप्ठेरो काम हो।
उनी भूमिहिन मजदुर हुन्। सन् २०१४ मा समेत किसानलाई सुविधा दिने आश्वासन दिएको भारतीय जनता पार्टीले सोमबार मात्र घोषणापत्र जारी गर्यो। जहाँ किसानलाई सुविधा दिने विषय समेटिएको छ।
राजेन्द्री देवीका अनुसार नेताहरु चुनावका बेलामात्र घर र खेतमा आउँछन्। मिठामिठा कुरा गर्छन्। काम गर्दैनन्। उनी नेताहरुमा विश्वास नै राख्दिनन्।

किसानहरुसँगको फोटोहरु पोस्ट भएपछि हेमा मालिनीको ट्रोलहरु समेत बनेका छन्। उनी भोटको लागिमात्र त्यहाँ पुगेका भनेर आलोचना गरिएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ८ : ४१ बजे