२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

नेपालमा रेल ल्याउने योजना हावादारी होइन, जिम्मेवार सपना होः कांग्रेसका प्रवक्ता शर्मा



काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन्। उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवार सपना भएको पनि बताए। प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको उनको भनाइ छ। पोखरामा शनिबार भएको एक कार्यक्रममा शर्माले रेल ल्याउने योजना कांग्रेसले घोषणापत्रमै उल्लेख गरेकोसमेत स्मरण गराएका छन्।
‘अहिले पनि नगरपालिका भनिएका डाँडाँमा सडक पुगेको छैन। रेल आउनुहुन्न भन्ने होइन,’ शर्माले भने, ‘जसले मेलम्चीको पानी सुरुङबाट छेडेर ल्याउन सकेन उसले पूर्व(पश्चिम रेल ल्याउँछरु’ ओली सरकारले पूर्वपश्चिम रेल ल्याउन नसक्ने उनले बताए।
बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउनुपर्ने उनले बताए। ‘झापाका धुर्मुस(सुन्तलीले विश्वभरि पैसा उठाएर चितवनमा क्रिक्रेट रंगशाला बनाउने योजना बनाउन सक्ने झापाकै केपी ओलीजीले बूढीगण्डकी बनाउन चीनलाई दिनेरु,’ शर्माले प्रश्न गरे।

भात पकाउन पनि भाँडा, पानी, चामल र आयो चाहिने बताएका शर्माले भात पकाउन पनि धैर्यतापूर्वक विवेक चाहिने बताए। ‘बिकास सुस्त सुस्त हुन्छ,’ उनले भने, ‘कांग्रेसलाई सुस्त पार्टी भन्छन् नि१ विकास हुने नै सुस्त हो।’ माओबादीको गोली र राजाको गोलीका बीचबाट कांग्रेसले सुस्त सुस्त बिकास गरेको उनले दाबी गरे।

प्रकाशित मिति : ३० चैत्र २०७५ शनिबार ००:००  ९ : १७ बजे