२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

विभिन्न बहानामा भारत लैजाँदै गरिएका २८ बालकको उद्धार



गौशाला ।
महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चार वटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रमबाट शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।
ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए । सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ७ : ४६ बजे