२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

खुला सीमा र सुरक्षा चुनौतीलाई लक्षित गर्दै कपिलवस्तुका १० वटै पालिकामा २६६ सीसीटीभी सञ्चालन



डिलाराम भुसाल, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शान्ति–सुरक्षा र अपराध नियन्त्रणलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ जिल््लाका १० वटै स्थानीय तहमा २ सय ६६ वटा सीसीटीभी क्यामरा जडान गरी आज बाट सञ्चालनमा ल्याइएको छ । पालिका तथा विभिन्न सरोकारवाला निकायको सहयोगमा संवेदनशिल चोक तथा स्थानहरूमा जडान गरिएका ती क्यामराहरूको शुक्रबार एक विशेष कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ ।
कार्यक्रमा जिल््ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं प्रहरी उपरीक्षक एसपी मनोहर भट्टले खुला सीमाका कारण सिर्जना हुने सुरक्षा चुनौतीलाई रोक्न यो प्रविधि कोसेढुङ्गा सावित हुने बताएका छन् । जिल्लाको संवेदनशीलतालाई औंल्याउँदै कपिलवस्तु भारतसँग ९३ किलोमिटर खुला सीमा जोडिएको अत्यन्तै संवेदनशील जिल्ला रहेको ले यहाँ जडान गरिएका सीसीटीभी क्यामराहरूले आपराधिक क्रियाकलाप नियन्त्रण र पहिचानमा ठूलो मद्दत पुग्ने र शान्ति–सुरक्षा कायम गर्ने कार्य प्रहरीको मात्र नभई सबैको साझा जिम्मेवारी रहेको बताउदै समाजमा हुने अपराध रोकथाम, प्रभावकारी अनुसन्धान तथा विकृति–विसङ्गति न्यूनीकरणका लागि स्थानीय तह, सरोकारवाला निकाय र आम नागरिकबीचको निरन्तर सहकार्य आवश्यक रहेको प्रहरी उपरीक्षक एसपी मनोहर भट्टले बताएका छन् ।
जडान गरिएका सम्पूर्ण क्यामराहरूको केन्द्रीय निगरानी जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रूमबाटै गरिने व्यवस्था मिलाइएको र सीसीटीभी प्रणालीको प्राविधिक व्यवस्थापन र सञ्चालनबारे प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्रकुमार सिंहले बताएका थिए ।
विभिन्न स्थानीय तह र निकायको समन्वयमा जिल््लाभर विस्तार गरिएका २ सय ६६ वटै सीसीटीभी क्यामराहरूको मुख्य मनिटर जिल््ला प्रहरी कार्यालयमा राखिएको बताएको छ । यसको कमाण्ड र चौबीसै घण्टा निगरानी कन्ट्रोलिङ सिधै जिल्ला प्रहरी कार्यालयबाटै गरिने छ, जसले गर्दा कुनै पनि घटना हुनासाथ प्रहरीलाई तत्काल ‘एक्सन’ लिन र अनुसन्धानलाई तीव्र बनाउन सहज हुने सिंहले बताएका छन् ।
रिमोट थिचेर संयुक्त उद्घाटन
जिल्ला प्रहरी कार्यालयमा आयोजित सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रममा कपिलवस्तु नगरपालिकाका विभिन्न नौ स्थानमा जडान गरिएका १४ वटा सीसीटीभीको मनिटर उद्घाटन संयुक्त रूपमा गरिएको छ । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलशरण चौधरी तथा प्रहरी उपरीक्षक मनोहर भट्टले संयुक्त रूपमा रिमोट कन्ट्रोल थिचेर उद्घाटन गरेका छन् ।
जमुहारमा अत्याधुनिक एएनपीआर क्यामरा
कपिलवस्तु नगरपालिकाको दोहनी, जमुहार, बर्दाहवा, हुलाकी सडकलगायतका नौ संवेदनशील स्थानमा १४ वटा क्यामरा जडान गरिएको छ। जसमध्ये जमुहार पुलनजिकै गुड्ने सवारीसाधनको नम्बर प्लेट स्वतः पहिचान गर्ने अत्याधुनिक ुअटोमेटिक नम्बर प्लेट रिडरु प्रविधिको सीसीटीभी जडान गरिएको बताएको छ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले आगामी दिनमा आवश्यकताका आधारमा थप क्यामरा विस्तार गरिने प्रतिबद्धता जनाएका छन् । भने विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शान्ति–सुरक्षाका लागि स्थानीय तहले प्रहरीसँग निरन्तर समन्वय गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले डिजिटल प्रविधिको प्रयोगले खुला सीमानाका कारण हुने आपराधिक गतिविधिको अनुसन्धानमा प्रहरीलाई ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ,
प्रहरी उपरीक्षक मनोहर भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य डीएसपी रिपेन्द्रकुमार सिंहले गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८३ शुक्रबार ००:००  १० : १० बजे