२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

कोलम्बोस्थित एक होटलमा पुनः विस्फोट, (अपडेट)राजधानीमा अनिश्चितकालिन कर्फ्यू



कोलम्बो, 

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुनस् बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ ।दिउँसो पुनः विस्फोट भएपछि राजधानमी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ। विस्फोटमा कम्तीमा ४०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।हालसम्मको जानकारी अनुसार तीन चर्च र कोलम्बोको एक पाँचतारे होटलमा समेत गरी कम्तीमा ६ स्थानमा विष्फोट भएको बताइएको छ।विष्फोटमा कैयौँ विदेश नागरिक समेत मारिएको खबर सार्वजनिक भएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ९ : ३५ बजे