८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मंगलबारसम्म चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह



काठमाडौं ।
तीन दिनसम्म देशका अधिकांश भू भाग हावाहुरी तथा चट्याङसहित वर्षा हुने बताइएको छ। मंगलबारसम्म मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको तराईका स्थानहरूमा हुरी बतासको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमानले जनाएको छ। मंगलबारसम्म बिहान र दिउँसो मौसम खुले जस्तो भए पनि बेलुकी पख बदली भएर हुरीबतास र चट्याङ पर्नु स्वाभाविक हुने महाशाखाले जनाएको छ। सोमबार र मंगलबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ। महाशाखाले मंगलबारसम्म गरेको मौसमको पूर्वानुमान आइतबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङ हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। सोमबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भूभागका केही स्थानहरूमा तथा पश्चिमी भूभागका एक दुइ स्थानहरूमा मेघ गर्जनर चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ११ : ०६ बजे