बुटवल ।
पूर्व सभामुख ओनसरी घर्तीले कुनैपनि पार्टीको एकलौटी निर्णयले प्रदेशको राजधानी घोषणा नहुने ठोकुवा गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्नुभयो ।
उहाले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताउनुभयो । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीले प्रदेश सभाका सदस्यहरुले जनताको राय लिएर मात्रै राजधानीको टुंगो लगाउने धारणा राख्नुभयो ् ।
मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उहाको भनाइ छ । घर्तीले नेपालको साधन स्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो ।
बिपक्षीका कारण दिनप्रतिदिन सरकारको आलोचना बढेको भन्दै उहाले तत्काल सरकारको नेतृत्व फेरबदल नहुने समेत प्रष्ट पार्नुभयो ।सरकारले ल्याएको मिडिया बिधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उहाले मिडियामाथि अंकुश लगाउने सरकारको नियत नभएको धारणा राख्नुभयो। उहाले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै बिधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताउनुभयो ।
निर्मला पन्तको हत्या प्रकरणमा सरकारले दोषि पत्ता लगाउन तत्काल तत्परता देखाउन नसकेको घर्तीको आरोप छ ।यो घटनालाइ सरकारले सामान्य ढंगले हेरेकैले समस्या निम्तिएको उहाको ठहर छ ।कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख रामकुमार क्षेत्रीले गर्नु्भएको थियो ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares






प्रतिक्रिया