६ असार २०८३, शनिबार | Sun Jun 21 2026

खुडा प्रहारले महिला गम्भीर



चितवन ।
सामान्य विवादमा खुडा प्रहार हुँदा भरतपुर महानगरपालिका ११ गणेशथानका एक महिला गम्भीर घाइते भएकी छिन्। छिमेकी ४० वर्षीय नारायण विकले मादक पदार्थ सेवन गरी खुडा प्रहार गर्दा ३१ वर्षीय सोममाया विक गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते विकको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। खुडा भेटिए पनि नारायण फरार रहेकाले उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूबीच शुक्रबार राति सामान्य विवाद भएको थियो। सोही क्रममा खुडाले घाँटीमा प्रहार गरेर नारायण फरार भएको जनाइएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  २ : १२ बजे